यो भन्दा बलियो गठबन्धन सरकार अब बन्दैन : गोकुल बाँस्कोटा
२०८१ असोज २८ गते

काठमाडौं । नेकपा एमालेका सांसद गोकुल बाँस्कोटाले वर्तमान सरकारले जनताको पक्षमा काम गर्नुपर्ने बताएका छन् ।
उनले अहिले बलियो सरकार बनेकाले जनताको मुद्दामा काम गरेर राजनीति अवसर लिनुपर्ने बताए ।
सांसद बाँस्कोटाले सरकारले बाढी पहिरोबाट प्रभावितको उद्धार र राहतमा उत्कृष्ट काम गर्न सक्नु पर्ने बताए ।
उनले सरकार नागरिकप्रति जबाफदेही हुनुपर्ने बताए । सांसद बाँस्कोटाले अहिले यति बलियो गठबन्धनको सरकार अब सायदै बन्ने बताए ।
‘नागरिकप्रति जबाफदेही सरकार भएका बेलामा यस्तो हुनु हुँदैनथ्यो । अहिले यति बलियो गठबन्धनको सरकार बनेको छ,’उनले भने,‘योभन्दा बलियो गठबन्धन सरकार सायदै बन्ला वा नबन्ला । तर केही यस्ता मुद्दा छन्, जसप्रति राजनीतिले असर गर्नु मिल्दैन ।’
२०८१ असोज २८ गते
प्रतिक्रिया
One thought on “यो भन्दा बलियो गठबन्धन सरकार अब बन्दैन : गोकुल बाँस्कोटा”
Leave a Reply Cancel reply
सम्बन्धित









योभन्दा बलियो भ्रष्ट ओली सरकार कहिलैबनदैन!