पेस्तोल र गोली सहित दुर्गा मेलामा पुगेका भोला पक्राउ
२०८१ असोज २७ गते

रौतहट । रौतहटमा पेस्तोल र गोली सहित एक जना पक्राउ परेका छन् ।
देवाही गोनाही नगरपालिका–६ कर्कचस्थित दुर्गा मेला लागेको स्थानबाट पेस्तोल र गोली सहित ५६ वर्षीय भोला राय यादव पक्राउ परेका हुन् ।
उनको साथमा मेड इन युएसए लेखिएको पेस्तोल १ थान, गोली ४ राउन्ड, म्यागजिन १ थान र सर्ट गनको २ राउन्ड गोली थियो ।
इलाका प्रहरी कार्यालय देवाही गोनाहीबाट खटिएको प्रहरीले उनलाई उक्त पेस्तोल र गोली सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
२०८१ असोज २७ गते
प्रतिक्रिया
सम्बन्धित








