नेपाली सेनाले बेलायतमा जित्यो स्वर्ण पदक

काठमाडौं । नेपाली सेनाले बेलायतमा स्वर्ण पदक जितेको छ ।

यस वर्षको ‘अभ्यास क्याम्ब्रियन गस्ती २०२४’ मा नेपाली सेनाले स्वर्ण पदक जितेको हो ।

बेलायतको वेल्स, ब्रेकनमा असोज २३ गतेदेखि २५ गतेसम्म भएको अभ्यासमा नेपाली सेनाको टोलीले स्वर्ण पदक जितेको हो ।

विश्वका ३७ राष्ट्रका सेनालाई पछि पार्दै नेपाली सेनाले स्वर्ण जितेको हो । नेपाली सेनाका अनुसार अभ्यासमा १२१ अन्तर्राष्ट्रिय टोलीको सहभागिता थियो ।

नेपाली सेनाले सन् २०१७ र २०१९ मा समेत त्यस प्रतियोगितामा स्वर्ण पदक प्राप्त गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + three =