नायिका नीति शाहले लगाइन् पूर्व राजाबाट दशैंको टिका,भनिन् ‘जय देश जय नरेश’
२०८१ असोज २६ गते

काठमाडौं । नायिका नीति शाहले पूर्व राजा ज्ञानेन्द्र शाहबाट दशैंको टिका लगाएकी छन् । पूर्व राजा शाहको हातबाट टीका ग्रहण गर्न उनी बडादशैंको मुख्य दिन शनिवार माहाराजगञ्ज स्थित निर्मल निवास पुगेकी थिइन् ।
उनले पूर्व राजा शाहको हातबाट टिका लगाएको तस्बिर सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक समेत गरेकी छन् । उनले तस्बिर सार्वजनिक गर्दै लेखेकी छन्,‘जय देश जय नरेश’ । पूर्वराजा शाहको हातबाट टीका ग्रहण गर्नेको भीड नै लागेको छ ।
आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरूप टीका, जमरा थापेर मनाइन्छ ।
२०८१ असोज २६ गते
प्रतिक्रिया
सम्बन्धित








