डडेलधुरामा बोराभित्र भेटियो १४ वर्षीया बालिकाको शव

काठमाडौं । डडेलधुरामा एक बालिकाको शव भेटिएको छ ।

जिल्लाको अमरगढी नगरपालिका–७ पोखरा बजारमा १४ वर्षीया आरती भट्टराईको शव भेटिएको हो ।

उनको शव प्लास्टिकको बोरामा भेटिएको जिल्ला प्रहरी कार्यालय डडेलधुराका सूचना अधिकारी प्रहरी निरीक्षक उपेन्द्र बमले जानकारी दिए ।

बलात्कारपछि हत्या गरेर शव बोरामा हालेर फ्याँकिएको आशंका गरिएको छ । घटनास्थल नजिकैको नालामा एक मोटरसाइकल समेत फेला परेको छ ।

अमरगढी–७ पोखराका ५८ वर्षीय टेक भण्डारीको म.१प १४५४ नम्बरको मोटरसाइकल फेला परेपछि उनलाई पक्राउ गरिएको छ ।

शव पोस्टमार्टमका लागि डडेलधुरा अस्पताल पठाएको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − six =