तलेजु भवानी मन्दिरमा भक्तजनको घुइँचो [तस्बिरहरु]
२०८१ असोज २५ गते
![तलेजु भवानी मन्दिरमा भक्तजनको घुइँचो [तस्बिरहरु]](https://www.makalukhabar.com/wp-content/uploads/2024/10/taleju-mandir-mk-scaled.jpg)
काठमाडौं । हनुमानढोका दरबार क्षेत्रमा रहेको वर्षमा एकपटक आज अर्थात् महानवमीका दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिर खुलेको छ । मन्दिर खुला गरिएसंगै दर्शन गर्ने भक्तजनहरुको भीड नै लागेको छ ।
तलेजु भवानीलाई भने फूलपातीकै दिन हनुमानढोका दरबारको मूलचोकमा ल्याइएको छ । तलेजु भवानीलाई विजयादशमीका दिन बिहानमात्र मूल मन्दिरमा फर्काइने जनाइएको छ ।
मूलचोकमै महाअष्टमीको राति कालरात्रि पूजा गरी ५४ बोका र ५४ राँगाको बलिसमेत दिइन्छ । राज्य सञ्चालनका लागि शक्ति प्राप्त होस् भन्ने सङ्कल्पले महाअष्टमीको राति तान्त्रिक विधिले कालरात्रि पूजा गर्ने गरिएको जनाइएको छ ।



























२०८१ असोज २५ गते
प्रतिक्रिया
सम्बन्धित








