पकरी–भारदह सडकखण्डमा जोखिमपूर्ण यात्रा
२०८१ असोज २४ गते

राजविराज । यहाँको पकरी–भारदह सडकखण्ड मर्मत नहुँदा आवतजावतमा समस्या भएको छ ।
उक्त सडकखण्डको अर्जीदेखि गंगापुर हुँदै ढोरबाबाचोक सम्म करिब तीन किलोमिटर सडक निर्माणाधीन अवस्थामै छाडिएकाले पैदल यात्रु र सवारी चालकहरुलाई यात्रा गर्न कठिन भएको हो ।
हुनुमाननगर कंकालनी नगरपालिका–४स्थित अर्जीदेखि गंगापुर सम्मको सडक गत बर्षको बाढीले कटान गरेपछि भासिएको थियो ।
भासिएको सडक मर्मत नहुँदा आवतजावत गर्न कठिनाई भएको स्थानीयबासीले बताए । अटो चालक महेन्द्र मण्डलले यो सडकखण्ड जोखिमपूर्ण भएको बताए । उनले भने‘यस बाटोमा ठुला साना खाल्डो रहेकोले कुनै पनि बेला अटो पल्टिन सक्छ ।’
बाटो मर्मत नहुँदा दैनिक भारदह बजार जाने पैदल यात्री र सवारी साधन खाल्डाखुल्डी छिचोल्दै हिँड्नुपर्ने बाध्यता रहेको हनुमानगर कंकालनी नगरपालिका–४ मधुवापुरका इन्द्रदेव ठाकुरले गुनासो गरे ।
२०८१ असोज २४ गते
प्रतिक्रिया
सम्बन्धित








