राजदेवी मन्दिरमा बेलतोरी विधिपूर्वक सम्पन्न
२०८१ असोज २४ गते

काठमाडौं । राजदेवी मन्दिरमा विधिपूर्वक बेलतोरी गरिएको छ ।
नवरात्रीको सातौँ दिन फूलपाती भित्रयाइन्छ जसलाई मिथिलाञ्चलमा बलतोरी भन्ने गरिन्छ ।
जनकपुरधामको प्रसिद्ध शक्तिपीठ राजदेवी मन्दिरमा बेलतोरी विधि तामझामका साथ मनाइन्छ । प्रत्येक वर्ष जस्तै यस वर्ष पनि नेपाली सेनाको टुकडी बाजागाजासहित बेलतोरीमा सरिक भए ।
धनुषाका प्रमुख जिल्ला अधिकारी सहितका प्रशासनिक निकायका प्रमुखहरु समेत सो विधिका क्रममा सहभागिता जनाउने गरेका छन् ।
नेपाली सेनाले सो अवसरमा सलामी समेत चढाउने गरेको परम्परा यस वर्ष समेत निरन्तरता पाएको छ ।
२०८१ असोज २४ गते
प्रतिक्रिया
सम्बन्धित








