विश्वका ८ हजार मिटर उचाइका सबै हिमाल चढ्ने पहिलो नेपाली महिला बनिन् दावा

काठमाडौं । दोलखाकी ३३ वर्षीया कीर्तिमानी पर्वतारोही दावा याङजुम शेर्पा विश्वका ८ हजार मिटरभन्दा अग्ला सबै १४ हिमालको सफल आरोहण गर्ने पहिलो नेपाली महिला बनेकी छन् ।

दावाले बुधबार बिहान बिहान ५ बजे तिब्बतस्थित ८ हजार २७ मिटर अग्लो शिशपाङ्मा हिमालको सफल आरोहण गरेर विश्वका ८ हजार मिटरभन्दा अग्ला सबै १४ हिमालको आरोहण गर्ने पहिलो नेपाली महिला बनेकी हुन् ।

२२ वर्षको उमेरमा पहिलो पटक सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेकी दावाले त्यसयता चार पटक सगरमाथाको आरोहण गरिसकेकी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 1 =