संघर्ष समितिसंग सहमति भएसंगै आजबाट मेलम्चीको पानी काठमाडौंमा

काठमाडौं । मेलम्चीको पानी मंगलबारबाट काठमाडौं पथान्तरण गरिँदै छ । मेलम्ची खानेपानी बाढीपीडित संघर्ष समिति तथा र खानेपानीमन्त्री प्रदीप यादवबीच सोमबार साँझसम्म भएको वार्तामा काठमाडौंमा मेलम्चीको पानी पठाउने सहमति भएसंगै आज विहानबाटै मेलम्चीको पानी काठमाडौं पथान्तरण गरिएको हो ।
मेलम्ची खानेपानी बाढीपीडित संघर्ष समिति र हेलम्बु गाउँपालिकासँग भएको छलफलपछि मेलम्चीको पानी काठमाडौं आउन लागेको हो ।
मेलम्चीको पानी काठमाडौं लैजाने विषयमा भएको वार्तामा संघर्ष समितिले राखेका जायज मागहरूलाई सम्बोधन गरिने सहमति भएपछि मेलम्चीको पानी काठमाडौं आउने भएको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्न लामिछानेले बताए ।
आयोजना पुनःनिर्माण तथा स्थानीय यातायातका लागि बाह्रै महिना सञ्चालन हुने सडक निर्माणका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमार्फत अर्थ मन्त्रालयमा स्रोत सहमतिको प्रस्ताव पेस गर्नेगरी अबको तीन महिनाभित्र बहुवर्षीय ठेक्का प्रक्रिया अगाडि बढाउने गरी खानेपानी मन्त्रालयले पहल गर्ने सहमति समेत भएको छ ।
संघर्ष समितिसंग भएको सहमति














