सुख्खा पहिरोले राप्ती लोकमार्ग अवरुद्ध
२०८१ असोज १७ गते

तुलसीपुर । सुख्खा पहिरोले राप्ती लोकमार्ग अन्तर्गत दाङ–सल्यान खण्ड अवरुद्ध भएको छ । आज बिहान ९ ः १५ बजेतिर सुख्खा पहिरो खस्दा लोकमार्ग अवरुद्ध भएको हो ।
तुलसीपुर उपमहानगरपालिका–३ श्रीखोलामा माथिबाट सुख्खा पहिरो आउँदा सडक अवरुद्ध भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए । उनका अनुसार अहिले पहिरो हटाउने कार्य भइरहेको छ ।
२०८१ असोज १७ गते
प्रतिक्रिया
सम्बन्धित








