सरकारको ध्यान मलाई जेल हाल्ने र रास्वपालाई सिध्याउनेमा छ : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले सरकारको ध्यान आफुलाई जेल हाल्ने र रास्वपालाई सिध्याउनमा रहेको बताएका छन् । आइतबार साँझ पार्टी केन्द्रिय कार्यालय बनस्थलीमा सञ्चारकर्मीेहरुसंग बोल्दै उनले सो कुरा बताएका हुन् ।
रास्वपा व्यक्तिमा मात्रै सिमित नरहेर अभियानका साथ अघि बढेको उनले बताए । उनले षड्यन्त्रकारी विरुद्ध एकजुट भएर लड्नुपर्ने समेत बताए । सरकारले रास्वपालाई सिध्याउन नसक्ने उनको भनाई थियो ।
आइतबार नै सूर्यदर्शन सहकारीको रकम अपचलन गरेको मुद्दामा गोर्खाृ मिडिया नेटवर्कका पूर्व सञ्चालक एवं पूर्व डीआईजी छविलाल जोशीलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ । उनी पक्राउ परेपछि रास्वपाले उपत्यकाका कार्यकर्तालाई पार्टी कार्यालयमा आउन आग्रह गरेको थियो ।
सुर्य थापा नेतृत्वको संसदीय छानबिन समितिले जोशीसहित जिवी राई,रवि लामिछाने,कुमार रम्तेललाई कारबाही गर्न सरकार समक्ष सिफारिस गरेको छ ।
गृहमन्त्री रमेश लेखकले आजै सहकारी छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न भन्दै प्रहरीलाई निर्देशन दिएका थिए । लगत्तै जोशी पक्राउ परेका हुन् ।









२०८४ को चुनावमा अगाडि आउने डरले तीन दल मिलेर यो फसाइएको सुनिश्चित षड्यन्त्र हो। अरु केही पनि होइन यसलाई भन्छ ग्रान्ड डिजाइन। यो देशमा अब युवा रहेनन् युवती रहेनन् कुनै दिन यस्तो दिन आउनेछ जुन दिन युवा युवती