प्रकाशमान सिंह राउत प्रधानन्यायाधिशमा सिफारिस

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको संवैधानिक परिषद्को बैठकले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा प्रकाशमान सिंह राउतलाई सिफारिस गरेको छ ।

सोमबार बसेको संवैधानिक परिषद्को बैठकले राउतको नाम प्रधानन्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको उपसभामुख इन्दिरा रानामगरले मकालुखबरलाई बताइन् ।  अब संसदीय सुनुवाई समितिबाट राउतको नाम अनुमोदन भएमा राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्त गर्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one − one =