चीन र भारतको विकासले पश्चिमा दृष्टिकोणको असर नेपालको राजनीतिमा पर्‍यो : महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले चीन र भारतको बढ्दो विकासका कारणले गर्दा पश्चिमा दृष्टिकोणको असर नेपालको राजनीतिमा परिरहेको बताएका छन् ।

आइतबार काठमाडौंमा सुधीर शर्माका दुई पुस्तक ‘हिमालपारिको हुरी’ र ‘भिक्षु, व्यापार र विद्रोह’को विमोचन कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले बदलिएको विश्व परिवेशका सन्दर्भका बारेमा एशियाको विकासका सम्भावनाका बारेमा एशियाकै ज्ञान, सिद्धान्तआधारित विश्व व्यवस्थाको निर्माणका सन्दर्भका बारेमा हामीले विमर्श सुरु गर्नुपर्ने बताए । उनले नयाँ विश्व व्यवस्थाका सर्जकका रुपमा चीन र भारत अगाडि आइरहेको बताए ।

उनले भने, ‘बदलिएको विश्व परिवेशका सन्दर्भका बारेमा एशियाको विकासका सम्भावनाका बारेमा एशियाकै ज्ञान, सिद्धान्तआधारित विश्व व्यवस्थाको निर्माणका सन्दर्भका बारेमा हामीले विमर्श शुरु गर्नुपर्छ भन्ने लाग्छ । त्यस अर्थमा नयाँ विश्व व्यवस्थाका सर्जकका रुपमा हाम्रा दुई वटा छिमेकीहरु अगाडि आउन खोजिरहेका छन् । चीन र भारत । र स्वभाविक रुपमा चीन र भारतको बढ्दो विकासका कारणले गर्दा पश्चिमा दृष्टिकोणको असर नेपालको राजनीतिमा परिरहेको छ । अब हामीले पश्चिमको आँखाबाट होइन एशियाको आँखाबाट नेपालको समृद्धिका सपनाहरू देख्न थाल्नुपर्दछ । योजना बनाउन थाल्नुपर्दछ । यसरी नेपाललाई एशियाली ज्ञान सिद्धान्तका आधारमा एशियालाई भविष्यको मानव सभ्यताको नेतृत्वकर्ता सभ्यताको विकास गर्ने कुराको आधारका सामाजिक, राजनीति, आर्थिक रूपमा अगाडि बढाउने सम्भावनाहरू देखापरेका छन् भन्ने मान्यताका आधारमा हामीले चिन्तन गर्नुपर्ने हुन्छ ।’

उनले अब पश्चिमाको आँखाबाट नभइ एशियाको आँखाबाट नेपालको समृद्धिका सपना देख्नुपर्ने बताए । नेपाललाई एशियाली ज्ञान सिद्धान्तका आधारमा एशियालाई भविष्यको मानव सभ्यताको नेतृत्वकर्ता सभ्यताको विकास गर्ने कुराको आधारका सामाजिक, राजनीति, आर्थिक रूपमा अगाडि बढ्नुपर्ने उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 4 =