भ्रष्टाचारीलाई जोगाउन रातारात सरकार ढालियो : प्रचण्ड

झापा । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले रातारात षड्यन्त्रमुलक ढंगले आफू नेतृत्वको सरकार ढालेको भन्दै आपत्ति जनाएका छन् ।

आइतबार झापामा आयोजित एक कार्यक्रममा बोल्दै उनले संसारमा सामान्य रुपमा हुँदै नहुने कुरा गरेर रातारात सरकारबाट आफूलाई हटाएको बताए । उनले संसारमा कतै पनि संसदका दुई ठूला दल मिलेर सरकार नबनाउने भन्दै भ्रष्टाचारीलाई जोगाउनकै लागि कांग्रेस र एमाले मिलेको आरोप लगाए ।

उनले नक्कली भूटानी शरणार्थीसँग सम्बन्धित अभियुक्तहरुलाई पक्राउ गरेपछि र गिरिवन्धु टि स्टेटको बारेमा अदालत समेतको फैसलाका आधारमा अगाडि बढ्ने जमर्को गरेपछि सरकार ढालिएको बताए ।

उनले भने, ‘जब नक्कली भूटानी शरणार्थीसँग सम्बन्धित अभियुक्तहरु फरार थिए, ति फरार अभियुक्तहरु गिरफ्तार गरिएपछि र गिरिवन्धु टि स्टेटको बारेमा अदालत समेतको फैसलाका आधारमा अगाडि बढ्ने जमर्को गर्दागर्दै खतराको घण्टी, मैले भनेको छु, सुई बुढानिलकण्ठ र बालकोटतिर सिधै सुझियो । दुई जनालाई मात्रै गिरफ्तार गर्दा अन्तिममा सिधै त्यसको तार जोडियो, बालकोट र बुढानीलकण्ठतिर । र रातारात षड्यन्त्रमुलक ढंगले संसारमा सामान्य रुपमा हुँदै नहुने प्रतिनिधि सभाको सबैभन्दा ठूलो र दोस्रो ठूलो दल मिलेर सरकार बनाउने काम भयो ।’

अध्यक्ष दाहालले गिरिवन्धु टिस्टेटमा केही दिनसम्म नेकपा एमाले र नेपाली कांग्रेसबीच आरोप प्रत्यारोप लगाइएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *