कांग्रेस–एमालेले उपसभामुखलाई हटाउन सक्दैनन् : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले उपसभामुखलाई हटाउन नसकिने बताएका छन् ।

अध्यक्ष प्रचण्डले उपसभामुख रानालाई हटाउने विषयबाट कांग्रेस–एमाले आफैँ ‘ब्याक’ हुने बताएका हुन् ।

विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले उपसभामुखलाई हटाउनेसम्म जानु हुँदैन भन्नेमा दृढ रहेको बताए ।

‘उपसभामुख एउटा इमानदार, जनजाति महिला, बालबच्चाको लागि ख्यातिप्राप्त हुनुहुन्छ,’ उनले भने, ‘उहाँले टेक्निकल्ली केही कुरा नजानेर त्रुटि गर्नुभयो । उहाँलाई हटाउने कुराबाट कांग्रेस–एमाले नै पछि हट्नु हुन्छ होला ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + eight =