सहकारी छानबिन समितिले किन बोलायो प्रधानमन्त्री ?
२०८१ भदौ २९ गते

काठमाडौं । सहकारी छानबिन विशेष समितिले प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गर्ने भएको छ ।
अन्तिम प्रतिवेदन तयार गर्नु अघि समितिले आज प्रधानमन्त्री ओलीसँग छलफल गर्न लागेको हो । प्रतिवेदन लेख्नु अघि आएका केही समस्याका विषयमा प्रधानमन्त्रीसँग छलफल गर्न लागेको समितिले जनाएको छ ।
‘कतिपय विषयमा सरकारले प्रष्ट नपार्दा हामीलाई समस्या भएको छ । कानुनका कतिपय विषय मिलाउनुपर्ने र सरकारले सहजीकरण गर्नुपर्ने विषय छन्,’ समितिका एक सदस्यले भने, ‘यस विषयमा हामीले गृहमन्त्री, प्रहरी प्रशासनसँग पनि छलफल गरिसकेका छौं । यसै सिलसिलामा आज साँझ ५ बजे प्रधानमन्त्रीलाई पनि सिंहदरबारमा भेट्न लागेका हौँ ।’
प्रधानमन्त्री ओली समितिको बैठकमै उपस्थित हुन लागेका हुन् ।
२०८१ भदौ २९ गते
प्रतिक्रिया
सम्बन्धित








