परियोजना स्वीकृति प्रक्रियालाई व्यवस्थित बनाउन आवश्यक छ : राजेश अग्रवाल

काठमाडौँ । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले निजी लगानी आकर्षित गर्न परियोजना स्वीकृति प्रक्रियालाई व्यवस्थित बनाउन आवश्यक रहेको बताएका छन् ।

बिहीबार पाँचौँ नेपाल पूर्वाधार सम्मेलनको क्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले परियोजना स्वीकृति प्रक्रिया सुव्यवस्थितसँगै राजनीतिक, नीतिगत जोखिम न्यूनीकरणमा ध्यान दिनुपर्ने बताए । उनले जलवायु परिवर्तनको जोखिमलाई मध्यनजर गर्दै दिगो विकास महत्वपूर्ण रहेको बताए ।

हरित वित्त र जलवायु कोषमा पहुँचलाई प्राथमिकता दिनुपर्ने आवश्यकता औँल्याए । अन्तर्राष्ट्रिय लगानीकर्ताहरूलाई जलवायु–उत्थानशील कृषि, प्राकृतिक बाढी व्यवस्थापन र प्रकृति–सकारात्मक आर्थिक विविधीकरण जस्ता क्षेत्रमा लगानी बढाउन आग्रह गरे । पूर्वाधारको लागि स्रोत परिचालन गर्न निजी इक्विटी, पूर्वाधार कोष, स्थानीय मुद्राको बण्ड र सार्वभौम क्रेडिट रेटिंगसहितका पाँच वित्तीय उपकरणहरूको प्रस्तावसमेत गरे । देशमा सुशासन, पारदर्शिता र जबाफदेहितामा सुधार गर्दै लगानीकर्ताहरूको लागि अनुकूल परिस्थिति सिर्जना गर्न सरकारसँग आग्रह गरे ।

देशको विशाल ऊर्जा र प्राकृतिक स्रोतहरूसँग पुँजी बजारलाई जोडेर लगानीहरू आकर्षित गर्न सकिने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − four =