बालुवाटारमा देउवाको जन्मोत्सव

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा काङ्ग्रेस सभापति तथा शेरबहादुर देउवाको जन्मदिन मनाइएको छ ।

प्रमुख तीन दलको नेताहरूको भेटमा देउवाको जन्मदिन मनाइएको हो । प्रधान केपी शर्मा ओलीले देउवालाई दोसल्ला ओढाइदिएर जन्मदिनको शुभकामना व्यक्त गरे ।

प्रधानमन्त्री ओलीसँगै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहल प्रचण्डले पनि देउवालाई सुस्वास्थ्य, दीर्घायु र प्रगतिको कामनासहित शुभकामना व्यक्त गरेका हुन् ।

बालुवाटारमा प्रधानमन्त्री ओली, सभापति देउवा र माओवादी अध्यक्ष प्रचण्डबिच समसामयिक विषयमा छलफल भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 3 =