कोशी प्रदेशका पूर्वमुख्यमन्त्री कार्की फेरी अनशन बसे

विराटनगर । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्की फेरी अनशन बसेका छन् । निषेधित क्षेत्रमा आमरण अनशन बसेको भन्दै अनशन स्थलबाटै मंगलबार पक्राउ परेका कार्कीलाई प्रहरीले घरमै लगेर छोडेको थियो ।

पूर्वमुख्यमन्त्री कार्कीलाई छोडे लगत्तै उनी फेरी निषेधित क्षेत्र बाहिर अनशन बसेका जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरिक्षक(डिएसपी)ज्ञानेन्द्र बस्नेतले मकालुखबरलाई बताए ।

‘हामीले निषेधित क्षेत्रमा अनशन बसेकाले उहाँलाई नियन्त्रणमा लिएर उहाँकै घरमा लगेर छाडेका थियौँ,डिएसपी बस्नेतले मकालुखबरसंग भने,‘छोडे लगत्तै आफ्नै गाडी चढेर निषेधित क्षेत्र बाहिर पट्टी अनशन बस्नुभएको छ ।’

प्रदेश सरकारसँग १० वर्षमुनिका बालबालिकाको विशिष्टीकृत उपचार सेवा नि:शुल्क लगायतका विभिन्न ९ वटा माग राख्दै उनी आमरण अनशनमा बसेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *