प्रचण्डलाई कांग्रेस सांसदको प्रश्न : बंगलादेश नेपालमा जहाजमा ल्याउनुहुन्छ की रेलमा ?

काठमाडौं । नेपाली कांग्रेसका राष्ट्रिय सभा सदस्य नारायणदत्त मिश्रले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देश बंगलादेश बन्दैछ भन्दै भ्रम पैदा गरेको भन्दै आपत्ति जनाएका छन् ।

मंगलवारको राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले आपत्ति जनाएका हुन् । उनले केही समयअघि देश श्रीलंका बन्छ भन्दै हल्ला गर्ने र अहिले देश बंगलादेश बन्छ भन्दै भ्रम पैदा गर्ने गरेको बताए । बंगलादेश नेपालमा रेल चढाएर ल्याउने की हवाई जहाज चढाएर ल्याउने भन्दै उनले प्रश्न गरे । उनले पूर्वप्रधानमन्त्री जस्तो मान्छेले जनतामा भ्रम पैदा गर्न नहुने भन्दै सचेत गराए ।

उनले भने,‘विदेशी मुद्राको सञ्चिति खत्तम छ भनेर हल्ला मच्चाएका छन् । देश श्रीलंका जस्तो हुन्छ, नेपाल श्रीलंका जस्तो बन्छ भन्नेहरु पनि छन् । उनीहरुका लागि विदेशी मुद्राको सञ्चिति बढेर गएको छ । अहिले अर्कोथरीले बंगलादेशको हल्ला गर्दैछन्, बंगलादेश जस्तो नेपालमा ल्याउने, बंगलादेश नेपालमा रेल चढाएर ल्याउँछन् की हवाई जहाज चढाएर ल्याउँछन् । बंगलादेशको आन्दोलन ल्याउँछु भन्दैछन् ।’

सांसद मिश्रले सरकारले जनतालाई आशा जगाउने काम गर्नुपर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + four =