आफू अनुकूलको निर्णय गर्न उपसभामुखलाई हटाउने सरकारको तयारी

काठमाडौं । सरकारले उपसभामुख इन्दिरा राना मगरलाई हटाउने तयारी गरिएको छ । सत्तारुढ दलहरूले साझा एजेन्डा बनाएर उपसभामुख रानालाई हटाउनेबारे छलफल चलाएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले उपसभामुख रानाविरुद्ध अविश्वासकाे प्रस्ताव पेस गर्ने निर्णय गरेका हुन् । हिजो सोमबार बालुवाटारमा बसेको सत्ता गठबन्धनमा प्रधानमन्त्री ओलीले सो प्रस्ताव पेस गरेका थिए ।

संवैधानिक परिषद्को निर्णय आफू अनुकूल बनाउन सत्ता गठबन्धनले उपसभामुखलाई नै हटाउने तयारी गरेको हो ।

जसका लागि सरकारको पक्षमा रहेका सबै दल सहमत रहेको बुझिएको छ । उपसभामुख रानाविरुद्ध सम्भवतः आजै अविश्वासकाे प्रस्ताव दर्ता हुने चर्चा छ ।

उपसभामुख रानालाई हटाउनेबारे हिजो सोमबार प्रधानमन्त्री ओली र सभापति देउवाबिच लामो छलफल भएको थियो । छलफलमा देउवाले संवैधानिक परिषद्मा काँग्रेसबाट एक जना पनि नरहेको बताएका थिए ।

प्रधानमन्त्री ओलीले परिषद्मा आफू अनुकूलको निर्णयका लागि सभामुखलाई नै हटाउने र उक्त प्रस्तावमा दुई तिहाइ पु-याउने जिम्मा आफ्नो रहेको बताएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − five =