कारबाही गरेर देखाउन एमालेलाई भीम रावलको चुनौती

काठमाडौं । नेकपा एमालेका नेता डा. भीम रावलले पार्टी बिचार शून्य अवस्थामा रहेको बताएका छन् ।

अछाममा आयोजित पत्रकार सम्मेलनमा नेता रावलले आफू पार्टीको विधि,विधान र सिद्धान्तको पक्षमा बोल्दै आएको बताए ।

उनले आफू देश जनता र नीतिको पक्षमा उभिँदा नेतृत्वले प्रतिसोध साँधेको आरोप लगाए ।

यस्तै नेता रावलले आफूलाई कारबाही गरेर देखाउन एमालेलाई चुनौती दिएका छन् ।

‘पार्टीको सिद्धान्त जोगाउनु पर्छ,विधि विधान अनुसार पार्टी चल्नुपर्छ भन्ने मत राखेकै कारण आफूलाई कारबाही गरिन्छ भने त्यो गरेर देखाउन ठाडो चुनौती दिन्छु, उनले भने,‘पार्टीले चुनौतीको सामना गरे त्यसपछिको कदमबारे सोचौँला ।’

नेता रावलले आफू नेकपा एकीकृत समाजवादीमा नजाने बताए । उनले समाजवादीमा जाने हल्ला मात्रै रहेको बताउँदै जनचाहाना र नेताहरूको सुझाव अनुसार अघि बढ्ने स्पष्ट पारे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + fifteen =