मन्त्रीपरिषद् बैठक
पूर्व शिक्षा मन्त्री यादव अस्ट्रेलियाका लागि राजदूत सिफारिस
२०८१ भदौ २४ गते

काठमाडौं । सरकारले पूर्व शिक्षा मन्त्री चित्रलेखा यादवलाई अस्ट्रेलियाका लागि राजदूत सिफारिस गर्ने भएको छ। सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रीपरिषद् बैठकले कांग्रेसकी यादवलाई राजदूत सिफारिस गर्ने निर्णय गरेको हो।
गत साउन १४ गते सरकारले १८ देशका राजदूत सिफारिस गरेकोमा समावेशी नभएको भन्दै आलोचना भएको थियो। राजदूत सिफारिस समावेशी नभएको भन्दै संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिले भदौ १८ गते सरकारको ध्यानाकर्षण गराउने समेत निर्णय गरेको थियो। राजदुत सिफारिस समावेशी नभएको स्वीकार गर्दै परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले माफी समेत मागेकी थिइन् ।
२०८१ भदौ २४ गते
प्रतिक्रिया
सम्बन्धित








