अरनिको यातायातले दसैँ अग्रिम टिकट बुकिङ खुला गर्यो
२०८१ भदौ २४ गते

फाइल तस्बिर
काठमाडौँ । अरनिको यातायातले अग्रिम टिकट बुकिङ खुला गरेको छ ।
दसैँलाई लक्षित गर्दै अरनिको यातायातले भदौ २० गतेदेखि टिकट बुकिङ खुला गरेको हो ।
सार्वजनिक यातायात केन्द्रीय महासंघका महासचिव भरत नेपालका अनुसार सोमबारसम्म २० प्रतिशत टिकट बुकिङ भइसकेको छ ।
उनका अनुसार अरनिको यातायातका गाडी बागमती प्रदेशका सबै जिल्ला, कोशी प्रदेशका भोजपुर, खोटाङ, झापा, इलाम, पाँचथर तेह्रथुम र पश्चिमतर्फ रुकुम, रोल्पा, बागलुङ लगायत जिल्लामा चल्छन् ।
२०८१ भदौ २४ गते
प्रतिक्रिया
सम्बन्धित








