पार्टी फुट्ने हल्लापछि माधवले भने– नेताहरुलाई फकाइरहेको छु

काठमाडौं । नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पार्टीमा असन्तुुष्ट रहेका नेताहरुलाई फकाइरहेको बताएका छन् ।

उनले सार्वजनिक रुपमा पार्टीको विरुद्धमा बोल्ने नेताहरुलाई छुट दिन नसकिने बताउँदै असन्तष्टहरुलाई फकाइरहेको बताए ।

नेकपा समाजवादी छाडेर नेकपा एमालेमा फर्किने तयारीमा रहेका नेताहरुलाई फकाइरहेको उनले बताए ।

उनले सार्वजनिक रुपमा पार्टीको बद्ख्वाईँ गर्ने मान्छे पार्टीको मान्छे हो कि होइन भन्नेमै प्रश्न उठ्ने बताए ।

उनले पार्टीप्रति बफादार नभएको मान्छेलाई पार्टीमा बस्ने नैतिक अधिकार छ ? भनि प्रश्न समेत गरे ।

अध्यक्ष नेपालले पार्टीको पदाधिकारी निर्वाचनमा आफू कसैको पक्षमा नलागेको स्पष्ट पारे ।

भिडिओ–

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − four =