विपीले अगाडि सारेका नीतिहरु आज पनि समय सान्दर्भिक छन् : वनमन्त्री ठकुरी

काठमाडौं । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले विपी कोईरालाले अगाडि सारेका नीतिहरु आज पनि समय सान्दर्भिक रहेको बताएका छन् ।

सोमवार सिंहदरबार परिसरमा विपीको १११ औं जन्यजयन्तीको अवसरमा वृक्षारोपण गर्दै मन्त्री ठकुरीले यस्तो बताएका हुन् । विपीको लोकतान्त्रिक समाजवाद र प्रजातान्त्रिक समाजवादको परिकल्पना र उनले देखाएको बाटो आज पनि समय सान्दर्भिक रहेको मन्त्री ठकुरीले बताए । विपीलाई जति स्मरण गर्छौं त्यति नै आज देशका लागि लोकतन्त्र, प्रजातन्त्र र गणतन्त्रप्रतिको सम्मान हुने बताए ।

उनले भने, ‘विपी कोईरालाले देखाउनुभएको बाटो, उहाँले लोकतान्त्रिक समाजवाद र प्रजातान्त्रिक समाजवाद जुन परिकल्पना गर्नुभएको थियो । त्यो कुरा आज पनि त्यत्तिकै सान्दर्भिक छ । आज पनि उहाँले लिएका त्यो बेलाका नीतिहरु, उहाँले गर्नुभएको कार्यहरु नेपालको सन्दर्भमा समय सान्दर्भिक हुँदै गएका छन् । उहाँलाई जति सम्झिन्छौँ, जति श्रद्धा प्रकट गर्दछौँ, त्यति नै हामीले यो देशको लोकतन्त्र, प्रजातन्त्र र गणतन्त्रप्रति सम्मान हुनेछ । आज रोपेको रुखले नेपालको सन्दर्भमा वातावरण र यससँग जोडिएका समग्र विषयमा महत्वपूर्ण योगदान दिनेछ ।’

मन्त्री ठकुरीले विपीको स्मरणमा आज रोपिएको रुखले नेपालको सन्दर्भमा वातावरण र यससँग जोडिएका समग्र विषयमा महत्वपूर्ण योगदान दिने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − six =