आज भगवान शिवको विशेष दिन, यस्तो छ व्रत बस्नुको फाइदा
काठमाडौं । हिन्दू धर्मशास्त्र अनुसार सोमबार भगवान शिवको विशेष दिन हो । यो दिन देवको पनि देव, महादेव शिवको व्रत बसी पूजाआजा गरिन्छ ।
कुनै पनि खालको व्रत वा उपवासले शारीरिक स्वास्थ्यमा प्रतक्ष प्रभाव पार्छ । समय समयमा व्रत बस्नाले शरिरलाइ फाइदा पुर्याउँछ । व्रतको धारणा परापुर्वककालका ब्राह्मणहररूले ‘ब्राह्मण धर्म’ प्रति मानिसलाइ आकर्षित गर्न प्रयोग गर्थे । यसले शारिरीक स्वास्थ्यलाई नै राम्रो बनाउने हुँदा व्रत गर्ने आफैँले नै अनुभव गर्नसक्ने हुँदा हजारौं वर्षसम्म पनि यो प्रथा चलिआएकै छ ।
शिवका लागि समर्पित सोमबारको व्रत सूर्य उदयसँगै सुरु हुन्छ अनि सूर्य अस्ताएपछि सकिन्छ । खाना बेलुकाको आरती सकिएपछि खाइन्छ । दिनमा शिव र पार्वतीको पूजा तथा आराधना गरिन्छ । तर कुनै पनि पूजाको अगाडि गणेशको पूजा भने अनिवार्य नै छ ।
सोमबारको उपवासले मानिसको इच्छा अनि आकंक्षा पूरा गर्ने विश्वास रहिआएको छ । त्यस्तै ज्ञान प्राप्ति हुन्छ । अविवाहित स्त्रीले असल पति पाउँ भनि सोमबार व्रत बस्ने चलन अझ बढी छ ।