किर्ते मुद्दामा दोषी कांग्रेस सांसद डीबी केसी कारागार चलान

काठमाडौं । किर्ते मुद्दामा दोषी ठहर भएका लुम्बिनी प्रदेशका सांसद धनबहादुर केसी (डीबी) कारागार चलान भएका छन् ।

रुकुम पूर्व जिल्ला अदालत पुगेर आत्मसमर्पण गरेका केसीलाई कारागार चलान गरिएको डिएसपी माधव खरेलले जानकारी दिए ।

३३ वर्ष पहिले उनलाई साबिक रुकुम जिल्ला अदालतले किर्ते मुद्दामा दोषी ठहर गर्दै एक वर्ष कैद र दुई हजार जरिवानाको फैसला सुनाएको थियो । त्यसयता उनी फरारको सूचीमा रहँदै आएका थिए ।

श्रीमतीसँगको अंश मुद्दामा प्रदेश सांसद केसीले किर्ते गरेको अभियोगमा साबिक रुकुम जिल्ला अदालतमा मुद्दा परेको र त्यसमा उनी दोषी ठहर भई अदालतले एक वर्ष कैद र दुई हजार रुपैयाँ जरिवाना गरेको थियो ।

गत निर्वाचनमा केसी नेपाली कांग्रेसको तर्फबाट रुकुम पूर्वको क्षेत्र नं १ (१) बाट निर्वाचित भएका थिए ।

राजनीतिमा लाग्नु पूर्व उनी अवैध मार्ग हुँदै मानिस अमेरिका पठाउने काममा सक्रिय रहेको आरोप थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + 6 =