सर्वोच्चले भन्यो – न्यायाधीश रिक्त हुनु एक महिनाअगावै सिफारिस गर्नु
मकालु खबर
२०८१ भदौ १९ गते
काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीश पद रिक्त हुनुभन्दा एक महिना अघि नै नियुक्तिका लागि सिफारिस गर्न परमादेश जारी भएको छ ।
सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाल र विनोद शर्माको संयुक्त इजलासले मंगलबार एक रिटमा फैसला सुनाउँदै न्याय परिषद्, प्रधान न्यायाधीश (न्याय परिषदको अध्यक्ष) र संवैधानिक परिषदसहितका विपक्षीको नाममा परमादेश जारी गरेको हो ।
सर्वोच्च अदालतका न्यायाधीशको पद रिक्त हुनुभन्दा कम्तीमा एक महिनाअघि नियुक्ति सिफारिस गर्न सर्वोच्चले आदेश दिएको हो ।
अधिवक्ता दीपकबिक्रम मिश्रले न्याय परिषद ऐनको पालना नभएको भन्दै न्याय परिषद सचिवालय समेतलाई विपक्षी बनाएर रिट दायर गरेका थिए ।सो रिट पटक पटक पेशी सर्दै ६ वर्षपछि फैसला भएको हो ।
मकालु खबर
२०८१ भदौ १९ गते
प्रतिक्रिया
सम्बन्धित