नागरिकका मनमा उब्जिएका विचारलाई नजिकबाट नियालिरहेको छुँ : रवि लामिछाने

कोशी । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दलहरूका गतिविधि र नागरिकका मनमा उब्जिएका विचार आफूहरुले नजिकबाट नियालिरहेको बताएका छन् । रास्वपा कोशीको विस्तारित बैठकलाई मंगलबार सुनसरीको इटहरीमा सम्बोधन गर्दै सभापति लामिछानेले दलहरुको बेथिति र जनआक्रोश बढ्दै जाँदा स्वतस् हुने आन्दोलनको अग्रपंक्तिमा रास्वपा रहने समेत उनले बताए ।

पुराना दलहरूको बेथिति बढार्न नागरिकको विश्वास रास्वपाप्रति बढिरहेको भन्दै सभापति लामिछानेले त्यसको आधिकारिक पुष्टि २०८४ सालको संसदीय निर्वाचनले गर्ने बताए ।रास्वपाप्रति विश्वास र अपेक्षा भएअनुसार प्रश्नसमेत रहेको स्वीकार गर्दै सभापति लामिछानेले सबै प्रश्नको जवाफ कामबाट नै बताइने उनले बताए ।

रास्वपाका कारण देशका दुई ठूला मुख्य प्रतस्पर्धी दल मिलेर सरकार निर्माण गरेको उल्लेख गर्दै उनीहरु नै रास्वपा कमजोर भयो भनेर हल्ला पिटिरहेको सभापति लामिछानेको भनाई छ ।

विस्तारित बैठकलाई सम्बोधन गर्दै उपसभापति डीपी अर्यालले इमान्दारपूर्वक संगठन बिस्तारमा लाग्दै जनजीविकाका मुद्दासिहत स्थानीय तहको भ्रष्टाचारबारे आवाज उठाउन सदस्यहरुलाई आग्रह गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × five =