खेतको आलिमा पुरुषको शव फेला

सिरहा । सिरहाको बरियारपट्टीमा सोमबार एक पुरुषको शव फेला परेको छ । बरियारपट्टी गाउँपालिका–३ दशगजाभन्दा दुई सय मिटर उत्तर र सशस्त्र प्रहरी बलको वेशक्याम्पभन्दा दुई सय ५० मिटर पूर्व रहेको खेतको आलिमा बेवारिसे अवस्थामा शव फेला परेको हो ।

उक्त शव परीक्षणका लागि प्रादेशिक अस्पताल सिरहा पठाएको जिल्ला प्रहरी सिरहाका प्रवक्ता प्रहरी नायव उपरीक्षक मुक्तिनाथ सापकोटाले जानकारी दिए । उनका अनुसार शवको सनाखत हुन सकेको छैन । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + fourteen =