माधव नेपाल उडे रुस, पाण्डेले पाए कार्यवाहक अध्यक्षको जिम्मेवारी
२०८१ भदौ १७ गते

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल ‘मल्टी पोलारिटी फोरम’ विषयक अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन रुसको भ्लादिभोस्तक प्रस्थान गरेका छन् । ‘साउथ एसियन इकोनोमिक फोरम’ को समूहगत छलफलमा सहभागी हुन अध्यक्ष आइतबार राति ११ बजे त्यसतर्फ प्रस्थान गरेका हुन् ।
सम्मेलन सेप्टेम्बर ३ देखि ६ तारिखसम्म हुनेछ । अध्यक्ष नेपालले भ्रमणका क्रममा त्यहाँस्थित उच्च तहका नेताहरूसँग भेटघाट तथा छलफल गर्ने कार्यक्रम समेत रहेको छ । उनको अनुपस्थितिमा पार्टीको वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी तोकिएको एकीकृत समाजवादीले जानकारी दिएको छ ।
उनी आगामी आइतबार स्वदेश फर्किने कार्यक्रम रहेको छ ।
२०८१ भदौ १७ गते
प्रतिक्रिया
सम्बन्धित








