३५ वर्षपछि घर फर्किएका प्रकाशले पाए नागरिकता (भिडिओ)

काठमाडौं । हराएका वर्षहरूका मुख्य पात्र प्रकाश तामाङ (काले मोक्तान)ले नागरिकता पाएका छन् ।

उनलाई षडानन्द नगरपालिका मेयर सुरेन्द्र उदासले घरमै नागरिकता हस्तान्तरण गरे ।

प्रकाशको बुवा–आमासँग नाता कायम र जन्मदर्ताको कागज बनाएर नागरिकता दिलाइएको हो ।

आवश्यक सरकारी प्रक्रिया पुर्‍याएर प्रकाशलाई ०९–०२–८१–००३५७ नम्बर कायम गरिएको छ ।

हेर्ने कथा युट्युब च्यानलमार्फत परिवारसँग सम्पर्कमा पुगेका प्रकाश आफ्नो घर भोजपुर फर्किएका छन् । उनी हिजो शनिवार मात्रै घर पुगेका हुन् ।

घर पुगेको भोलिपल्टै उनलाई नागरिकता प्रदान गरिएको हो । उनलाई नागरिकता दिलाउन प्रधानमन्त्री केपी शर्मा ओलीले पनि निर्देशन दिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 1 =