क्यानले टी-२० विश्वकप खेलेका खेलाडीलाई ३ लाख दिने
२०८१ भदौ १३ गते

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले टी-२० विश्वकप क्रिकेट खेलेका खेलाडीलाई जनही ३ लाख दिने भएको छ ।
क्यानको बिहीबार बसेको केन्द्रीय कार्यसमितीको बैठकले अमेरिका र वेष्ट इन्डिजमा भएको टी–२० विश्वकप खेलेका खेलाडी र प्रशिक्षकलाई जनही ३ लाख दिने निर्णय गरेको हो ।
अन्य सपोर्ट स्टाफलाई जनही १ लाख ५० हजारका दरले प्रोत्साहन भत्ता दिने निर्णय गरिएको क्यानले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।


२०८१ भदौ १३ गते
प्रतिक्रिया
सम्बन्धित








