थर्मसमा चिया बेच्दै गरेका व्यक्तिमाथि महानगर प्रहरीको ज्यादती
२०८१ भदौ ९ गते

काठमाडौं । सामाजिक सञ्जाल फेसबुक, टिकटक र एक्समा एउटा भिडिओ भाइरल छ । त्यो भिडिओ हो–‘गंगालाल अस्पतालअगाडि चिया बेच्दै गरेका व्यक्तिमाथि महानगर प्रहरीको ज्यादती ।’
गंगालाल अस्पताल अगाडि चिया बेच्दै गरेका एक व्यक्तिलाई महानगर प्रहरीले लछारपछार सहित अभद्र व्यवहार गरेको छ ।
सार्वजनिक भएको भिडिओमा थर्मस बोकेर चिया बेच्दै गरेका व्यक्तिलाई महानगर प्रहरीले लछारपछार गर्दै भ्यानमा कोचेको देखिन्छ ।
यता, महानगर प्रहरीले भने ती व्यक्तिलाई त्यस क्षेत्रमा चिया नबेच्न गरेको आग्रहलाई अटेर गरेपछि उनलाई नियन्त्रणमा लिएको बताएको छ । महानगर प्रहरीमाथि जाइलागेपछि उनलाई भ्यानमा हालिएको बताइएको छ ।
२०८१ भदौ ९ गते
प्रतिक्रिया
सम्बन्धित








