गुडिरहेको बसमा ढुङ्गा लाग्दा बस पल्टियो, २५ जना घाइते
२०८१ भदौ ७ गते

काठमाडौं । मुग्लिङ नारायणगढ सडक खण्डमा बस दुर्घटना भएको छ ।
शुक्रवार दिउँसो भरतपुर–२९ सत्र किलोमा बाटो माथिबाट ढुङ्गा खस्दा बस पल्टिएको हो ।
दुर्घटनामा परी २५ जना यात्रु घाइते भएका छन् । घाइते भएका सबै यात्रुको उद्धार गरी उपचारका लागि भरतपुर ल्याइएको छ ।
बसमा ३५ जना यात्रु भएको अनुमान गरिएको छ ।
गौरबाट पोखरा गइरहेको ग २ ख ४७ नम्बरको यात्रु बस अनियन्त्रित भएर पल्टिएको थियो ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बाटो माथिबाट ढुङ्गा खस्दा चालक आत्तिएर नियन्त्रण गुमाउँदा बस पल्टिएको हो ।
अहिले उक्त सडक खण्ड एकतर्फी सञ्चालनमा छ ।
२०८१ भदौ ७ गते
प्रतिक्रिया
सम्बन्धित








