सहकारीको बचत हिनामिना
गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेसँग आज बयान
२०८१ भदौ ७ गते

काठमाडौं । सहकारी संस्थाको रकम दुरूपयोग सम्बन्धमा छानबिन गर्न गठित संसदीय विशेष समितिले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसँग आज बयान लिने भएको छ । उनलाई समितिले दिउँसो २ बजे बयानका लागि बोलाएको छ ।
लामिछानेलाई गोरखा मिडिया नेटवर्क कम्पनीका तत्कालीन प्रबन्ध निर्देशकको हैसियतमा बयानका लागि बोलाइएको समितिले जनाएको छ । सूर्यदर्शन, सानोपाइलालगायत सहकारी संस्थामा सर्वसाधारणले राखेको रकम गोर्खा मिडिया नेटवर्कमा प्रवाह भएको सन्दर्भमा सोधपुछका लागि समितिले लामिछानेलाई बोलाएको हो ।
समितिले आरोपितसँग बयान लिने क्रम अन्तिम चरणमा पुर्याएको छ । चाँडै बयान सकेर प्रतिवेदन तयार पार्ने समितिको तयारी छ ।
२०८१ भदौ ७ गते
प्रतिक्रिया
सम्बन्धित








