सीमा सुरक्षाका लागि अग्रस्थानमा रहन महानिरीक्षक अर्यालको निर्देशन

चितवन । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सीमा सुरक्षा र विपद् व्यवस्थापनका लागि सशस्त्र प्रहरीलाई सधैँ अग्रस्थानमा रहन निर्देशन दिएका छन् ।

चितवनको भण्डारमा बिहीबार आयोजित सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३ गढीमाई बाहिनी मुख्यालय मकवानपुर, भण्डारा, चितवनको सातौँ स्थापना दिवसको उद्घाटन गर्दै महानिरीक्षक अर्यालले यस्तो निर्देशन दिएका हुन् ।

राप्ती नगरपालिकाका प्रमुख शमशेर लामाले विपद् र सीमा सुरक्षाका सवालमा सशस्त्र प्रहरीको भूमिका अनुकरणीय रहेको बताए । कालिका नगरपालिकाका प्रमुख विनोद रेग्मीले जनताको सेवामा सशस्त्र प्रहरीले पु¥याएको योगदानको उच्च प्रशंसा गर्दै पहाडी क्षेत्रसँग जोडिएका नगरपालिका र गाउँपालिकामा सशस्त्र प्रहरीको सक्रियता बढाउन माग गरे ।

सीमा सुरक्षाका सवालमा सशस्त्र प्रहरीको योगदान महत्त्वपूर्ण रहेको भन्दै प्रविधिमैत्री र कार्यालय व्यवस्थापनमा राज्यको लगानी बढाउनुपर्ने दोलखाको विगु गाउँपालिका प्रमुख सञ्जीव ओलीले बताए ।

कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक आर्यालले अवकाश प्राप्त सशस्त्र र सिमलताल घटनाको उद्धार तथा खोजमा महत्त्वपूर्ण योगदान दिएका सशस्त्र प्रहरी टोलीलाई प्रशंसापत्रबाट विशेष सम्मान गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 13 =