नेपाल सङ्गीत उद्योग सङ्घको कार्यालयमा मानव बेचबिखन ब्यूरोको छापा

कागजपत्र नियन्त्रणमा

काठमाडौं । नेपाल प्रहरीको मानव बेचबिखन ब्यूरोले काठमाडौँको अनामनगरस्थित नेपाल सङ्गीत उद्योग सङ्घको कार्यालयमा बुधवार छापा मारेको छ ।

आज दिउँसो ब्यूरोको टोलीले सङ्घको कार्यालयमा छापा मारी केही कागजात तथा कम्प्युटरको ‘हाडडिक्स’ बरामद गरेको मानव बेचबिखन ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।

तीनदेखि बन्द रहेका सङ्घको कार्यालय आज खुलेपछि माइनुटबुक, लेटरप्याड र कम्प्युटरको हाडडिक्स बरामद गरी ल्याइएको ब्यूरोका प्रवक्ता मिश्रले बताए । नक्कली कागजात बनाएर मानिसलाई विदेश पठाउने गरेको सूचनाका आधारमा ब्यूरोले छापा मारेको हो ।

“नक्कली कागजात बनाएर मानिसलाई विदेश पठाउने गरेको सूचनाका विषयमा छानबिन गर्न कार्यालयमा छापा मारेर सङ्गीत उद्योग सङ्घका पदाधिकारीको रोहबरमा कागजपत्र नियन्त्रणमा लिइएको मानव बेचबिखन ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक मिश्रले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + twenty =