दशौँ राष्ट्रिय खेलकुद समयमै हुन्छ : खेलकुदमन्त्री
२०८१ भदौ ५ गते

बाँके । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता समयमै हुने बताएका छन् ।
नेपाल प्रेस युनियन बाँकेद्वारा बुधवार आयोजित पत्रकार सम्मेलनमा उनले कर्णाली प्रदेशमा हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता समयमा सञ्चालन हुनेगरी तयारी भइरहेको बताएका हुन् ।
मन्त्री चौधरीले प्रदेश राजधानी सुर्खेतमा हुने प्रतियोगिताका खेलहरू समयमै सुरू गर्नेगरी रङ्गशाला निर्माण प्राथमिकताका साथ भइरहेको बताए ।
प्रतियोगितामा सहभागी हुने खेलाडीको व्यवस्थापन गर्न गाह्रो हुने भएकाले केही खेलहरू नेपालगञ्जमा गर्ने विषयमा पनि छलफल भइरहेको बताउँदै उनले भने,‘ त्यसका लागि आवश्यक तयारी सुरू गरिएको छ’ ।
सुर्खेतमा खेल पूर्वाधार निर्माण धमाधम भइरहेका उनले बताए ।
२०८१ भदौ ५ गते
प्रतिक्रिया
सम्बन्धित








