नागढुङ्गा नजिक पहिरो खस्यो, यातायात अवरुद्ध

काठमाडौँ । काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ स्थित नागढुङ्गामा पहिरो खस्दा अहिले सो क्षेत्रमा यातायात सेवा अवरुद्ध भएको छ ।

पहिरो खसेका कारण सडक आवागमन अवरुद्ध भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।

उनका अनुसार नागढुङ्गा चोकबाट केही मिटर पर नागमन्दिर नजिकै पहिरो खसेको हो । काठमाडौँ भित्रिने र बाहिरिने सबै सवारीसाधन ठप्प छन् । अहिले सो क्षेत्रमा पानी परिरहेको र पहिरो खस्ने क्रम जारी रहेकाले यातायात सेवा ठप्प छ ।

नागढुङ्गामा खटिएको प्रहरीले काठमाडौँबाट जाने सवारी साधन नागढुङ्गामै रोकेको छ भने आउने सवारीसाधन पिप्लामोडभन्दा तलै रोकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + eleven =