सङ्गीत उद्योग संघको कार्यालयमा प्रहरीको छापा, कम्प्युटरसहित कागजपत्र बरामद
२०८१ भदौ ५ गते

काठमाडौं । नेपाल सङ्गीत उद्योग संघको कार्यालयमा प्रहरीले छापा मारेको छ ।
प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले बुधवार कार्यालयमा छापा मारेको प्रहरी उपरीक्षक तथा सूचना अधिकारी गौतम मिश्रले मकालुखबरलाई जानकारी दिए ।
नक्कली कलाकार बनाएर विभिन्न देशमा लैजान लागेको र त्यसबाफत मोटो रकम असुलेको आरोपमा संघको कार्यालयमा छापा हानेको उनले बताए ।
‘हाम्रो टोलीले आज बिहान सङ्गीत उद्योग संघको कार्यालयमा छापा हानेको हो,’उनले मिश्रले मकालुखबरसंग भने, ‘विभिन्न कागजपत्र बरामद गरेका छौँ । अब सम्बन्धित मान्छे बोलाएर छानबिन र सोधपुछ गर्छौ ।’
उनले कार्यालयबाट विभिन्न कागजात, कम्प्युटर, हार्डडिक्स, लेटर प्याड, निर्णयको माइन्युट लगायतका कागजपत्र बरामद गरेको बताए ।
२०८१ भदौ ५ गते
प्रतिक्रिया
सम्बन्धित








