अवरुद्ध कालीगण्डकी कोरिडोर सञ्चालनमा

नवलपरासी । पहिरोका कारण अवरुद्ध कालीगण्डकी कोरिडोर सञ्चालनमा आएको छ ।

नवलपरासी (बर्दघाट सुस्तापूर्व)को बौदीकाली–३ जन्तीपहिरोमा पहिरो जाँदा अवरुद्ध भएको सडक पानी पर्न बन्द भएपछि मर्मत सुरु गरिएको थियो ।

पहिरो हटाउने काम साँझसम्म सकिएपछि सडकमा यातायात सञ्चालन भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी(बर्दघाट सुस्तापूर्व)का प्रहरी नायव उपरीक्षक बेदबहादुर पौडेलले जानकारी दिए ।

कालीगण्डकी कोरिडोर सञ्चालन भएसँगै नारायणगढ–गैँडाकोट हुँदै जिल्लाको पहाडी क्षेत्र साथै पाल्पा, स्याङ्जातर्फ जाने सवारी गन्तव्यतर्फ लागेका छन् ।

नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा सोमबार रातिदेखि अत्यधिक वर्षा भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × four =