दोलखा भीमसेनमा पसिना आएपछि क्षमा पूजा गरेँ : कालीबाबा

काठमाडौँ । दोलखा भीमसेनको शीलामा पसिना आएपछि आफूले त्यहाँ पुगी क्षमा पूजा गरेको कालीबाबाले बताएका छन् ।

पशुपति क्षेत्रमा सञ्चालित यज्ञको पूर्णाहुतिका क्रममा नेपाल आएका कालीबाबाले आज आयोजना गरेका पत्रकार सम्मेलनमा दोलखाको भीमेश्वर मन्दिरमा हालै पसिना आएको घटनालाई गम्भीर रुपमा लिन सम्बद्ध सबैसँग अनुरोध गरे ।

उनले वैदिक सनातन धर्मको शिरमा रहेको भनी विश्वभर पहिचान बनाएको नेपालको चिनारी मेटाउन नहुने धारणा व्यक्त गरे ।

सनातन हिन्दूधर्मको रक्षा होस् भनी यसअघि आफूले नेपालमा दुईपटक कोटीहोम आयोजन गरेको स्मरण गर्दै कालीबाबाले आगामी मङ्सिरको पहिलो साता झापाको कन्काइमा महायज्ञ गर्न लागेको जानकारी दिए ।

सनातन हिन्दूधर्मको रक्षा एवं प्रवर्द्धनात्मक योगदान पुर्‍याएका कालीबाल हाल भारतको आसाम, नयाँदिल्लीस्थित आसाममा बस्दै आएका छन् ।

कोशी प्रदेशको ओखलढुङ्गा जिल्लामा ब्राह्मण परिवारमा जन्मीएका कालीबाबा बाल्यकालमै भारत पुगी त्यहीँबाट शिक्षादीक्षा लिएर धार्मिक गतिविधिमा सक्रिय छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 4 =