लडेर खोलामा खसेकी महिलाको शव १० किलोमिटर तल भेटियो

दाङ । रोल्पामा खोलामा बगाएकी एक महिलाको शव १० किलो मिटर तल भेटिएको छ । रोल्पाको गंगादेव गाउँपालिका-२ हेलुङ खोलाकी ६५ वर्षीया तुलसी कामीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

प्रहरीका अनुसार उनको शव शुक्रबार बेलुकी ६ बजेतिर घटनास्थलदेखि १० किलोमिटर तल माडी गाउँपालिका-१ रिसम्जास्थित चिउरीघाट खोला किनारमा फेला परेको हो । तुलसी साउन ३१ गते बुलेका पौने ८ बजेतिर सुख्खा ओडार बजारबाट गोरेटो बाटो हुँदै घर जाने क्रममा लडेर सुक्खा ओडार खोलामा खसेकी थिइन् । तुलसीको शव दुई ढुंगाकोबीचमा अड्किएको अवस्थामा फेला परेको जनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 12 =