साहित्यबाट समाजमा योगदान दिएकाहरूलाई सम्मान गर्नुपर्छ : उपप्रधानमन्त्री सिंह

काठमाडौँ । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले साहित्य विधाबाट समाजमा योगदान दिएकाहरूलाई सम्मान गर्नुपर्ने बताएका छन् ।
शुक्रवार काठमाडौंमा साहित्यकार एवं संस्कृतिविद् कुलचन्द्र कोइरालाको ९६ औं जन्मजयन्ती तथा ३१ औं स्मृति सभा एवं कुलचन्द्र कोईराला राष्ट्रिय पुरस्कार तथा सम्मान कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले साहित्यमा योगदान गर्नेहरूलाई राज्यले पनि स्मरण गरी सम्मान गरिरहेको बताए ।
उनले समाजलाई योगदान दिनेहरू सबैलाई सम्मान गर्न जान्नुपर्ने बताए ।
उनले भने ‘साहित्यमा उहाँहरुले जति योगदान दिनुभएको छ । हाम्रो त केही छँदै छैन । तर कुरा के हो भने समाजलाई जसले जसले योगदान गरेको छ, उहाँहरूलाई त हामीले सम्मान गर्नुपर्छ । सम्मानित गर्न जान्नुपर्छ । साहित्यिक क्षेत्रबाट समाजलाई धेरै नै योगदान गर्न सकिन्छ ।’
उपप्रधानमन्त्री सिंहले साहित्यिक क्षेत्रबाट समाजलाई धेरै योगदान गर्न सकिने उल्लेख गरे ।








