जबरजस्ती करणीको अभियोगमा २ जना पक्राउ
२०८१ साउन ३२ गते

काठमाडौँ । बर्दिया, १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बाँसगढी नगरपालिका–४ बस्ने २७ वर्षीय नारायण चौधरीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
नारायणले ती बालिकालाई सोही ठाउँस्थित खडकदेवी सामुदायिक वनमा लगि जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय मोतिपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
त्यस्तै मोरङ, १६ वर्षीया किशोरी र १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बेलबारी नगरपालिका–४ बस्ने ३५ वर्षीय जोसन राईलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
राईले ती किशोरीहरूलाई जबरजस्ती कारणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको नेपाल प्रहरी केन्द्रीय कार्यालयले जनाएको छ ।
२०८१ साउन ३२ गते
प्रतिक्रिया
सम्बन्धित








