गट्ठाघरमा दुर्घटना भएको ट्रकका चालक प्रहरी नियन्त्रणमा
२०८१ साउन ३१ गते

भक्तपुरको गठ्ठाघरमा दुर्घटना भएको ट्रकका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
सर्लाहीको मलंगवा नगरपालिका २ घर भएका ३२ वर्षीय सतेन्द्र श्रेष्ठलाई बिहीबार साँझ नियन्त्रणमा लिएको भक्तपुर प्रहरीले जानकारी दिएको छ।
उनी आफैं प्रहरीको सम्पर्कमा पुगेका हुन्। दुर्घटनापछि फरार भएका थिए।
उनले चलाएको ट्रकको ठक्करबाट एक जनाको ज्यान गएको छ। ज्यान जाने व्यक्तिको भने सानाखत हुन सकेको छैन।
दुर्घटनापछि भक्तपुरमा दिनभर तनाव भएको थियो। साँझबाट स्थिति सामान्य बनेको छ।
२०८१ साउन ३१ गते
प्रतिक्रिया
सम्बन्धित








