चापाकोटमा ट्रयाक्टर अनियन्त्रित, चालकको मृत्यु

स्याङ्जा । स्याङ्जाको चापाकोटमा ट्र्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । पाल्पाको रामपुर नगरपालिका–४ घर भई चापाकोट नगरपालिका-१० बोटेटारमा बस्ने २८ वर्षीय महेन्द्र दमाईको मृत्यु भएको प्रहरीले जनाएको छ ।

आइतबार बारीकुनाबाट माटो लिई चापाकोट बजारतर्फ जाँदै गरेको लु ४ त २२१ नम्बरको ट्र्याक्टर चापाकोट नगरपालिका-१० को बायोडाँडामा अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी निरीक्षक उमेशलाल श्रेष्ठले बताए ।

दुर्घटनामा परी गम्भीर घाइते भएका दमाईको चापाकोट अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − 7 =